काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को मिनी अक्सनमा नबिकेका फरवार्ड नवयुग श्रेष्ठले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्।
पोखराले आइतबाट तेस्रो संस्करणका लागि नवयुगलाई भित्र्याएको जानकारी दिएको हो। उनले राम थापाको स्थानमा खेल्ने क्लबका अध्यक्ष तथा प्रवन्धक जाम्लिङ घलले जानकारी दिए।
राष्ट्रिय टोलीमा लामो समय खेलेको अनुभव भएका उनलाई पोखरामा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको घलेले बताए। बी क्याटोगोरीमा रहेका नवयुग शनिबार भएको मिनि अक्सनमा अनसोल्ड भएका थिए।
नवयुग एनएसएलको पहिलो सिजनमा पोखराका मार्की खेलाडी थिए।