एजेन्सी । चेल्सी स्टार डेबिड लुईज थप एक बर्ष लण्डन क्लबमा बस्ने पक्का भएको छ । ब्राजिली टिमका अनुभवी डिफेन्डर लुईजले क्लबसंग थप एक बर्ष बस्ने निर्णयमा मौखिक सहमती जनाएका छन् ।
लुईजको क्लबसंगको सम्झौता यही जुनमा सकिदै थियो । फ्रान्सेली क्लब पीएसजीका पुर्व स्टारले ईङ्ल्याण्ड बसाईलाई बिट मार्दै अन्य क्लबमा जाने योजना अघि बढाएका थिए ।
३१ बर्षका लुईजले सधै स्टामफोर्ड ब्रिजमा बस्ने ईच्छा देखाउँदै आएका थिए ।
उनलै गोलमा चेल्सीले काराबाओ कपको सेमिफाईनलमा टोटेनहमलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार लुईजका एजेन्टले गत हप्ता चेल्सीसंग छलफल गरेका थिए । लण्डन क्लब चेल्सीमा ३० बर्ष माथिका खेलाडीलाई मात्र एक बर्ष अनुबन्धन थप गर्ने नियम छ ।
ब्राजिली सुपरस्टार लुईज वर्तमान चेल्सी प्रशिक्षक माउरिजियो सर्रीका मनपर्ने खेलाडी समेत हुन ।