काठमाडौं। मिडफिल्डर मणिकुमार लामा कीर्तिमानी रकममा साबिक विजेता ललितपुर सिटी एफसीमा पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ।
विभागीय टोली एपिएफबाट घरेलु फुटबल खेल्दै आएका मिडफिल्डर मणिकुमार लामा सर्वाधिक मूल्यमा बिक्री हुने पहिलो खेलाडी बने। उनलाई ललितपुर र एफसी चितवनले अन्तिमसम्म बोली लगाएका हुन्।
‘ए’ क्याटोगोरीमा रहेका उनको न्यूनतम मुख्य दुई लाख थियो।
तर, चार लाखसम्म जाँदा पनि कुनै टोलीले नछाडेपछि लक्की ‘ड्र’ गरिएको थियो। त्यसमा ललितपुरले बाजी मार्यो। योसँगै उनी बुटवल लुम्बिनी एफसी छाडेर ललितपुर आउने पक्का भएको छ।