काठमाडौं। अल–नासर साउदी प्रो– लिगमा पराजित भएको छ।
शुक्रबार सम्पन्न खेलमा नासर अल–इत्तिफाकसँग ३–२ ले पराजित भएको हो। योसँगै नासरले शीर्ष स्थानको अल–इत्तिहादसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ।
इत्तिहादको ५० खेलबाट ५२ अंक छ भने चौथो स्थानकफ नासरको एक खेल बढी खेल्दा ४४ अंक छ। इत्तिफाक भने २८ अंकसहित आठौं स्थानमा छ।
खेलको ४७औं मिनेटमा आयमान याह्याको गोलमार्फत नासरले सुरुआती अग्रता लिएको थियो। तर, ५५औं मिनेटमा जर्जिनियो विज्नाल्डमले इत्तिफाकलाई खेलमा फर्किए।
६५औं मिनेटमा मोहम्मद अल फाटिलको गोलमार्फत नासरले पुन: २–१ को अग्रता लिएको थियो। तर, सो अग्रता कायम राख्न सकेन।
८२औं मिनेटमा उनले नै आत्मघाती गोल गर्न पुगे। निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा जर्जिनियोले अर्को गोल गर्दै इत्तिफाकको जित पक्का गरे।