काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब सुनसरीमा जारी दोस्रो संस्करणको मदन भण्डारी मेमोरियल अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
इटहरी रंगशालामा सोमबार भएको क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा मनाङलाई जित दिलाउन सुजल श्रेष्ठले खेलकेा ३४ मिनेटमा गाेल गरे । आयोजकको लागी ६३ मिनेटमा उमेश राईले गाेल गर्दै खेल बराबरीमा ल्याएका पनि खेलको ७५ मिनेटमा मनाङमा लागी कमल श्रेष्ठले गोल गर्दै आफ्नो टिमलाई महत्वपुर्ण जित दिलाए ।
अब लिग विजेता मनाङले फाइनल प्रवेशको लागि नेपाल पुलिस र भुटानको सिएफसिबीचको विजेतासंग माघ १७ गते खेल्नेछ ।
प्रतियोगिताको विजेताले १६ लाख प्राप्त गर्नेछ भने उपविजेताले ८ लाख प्राप्त गर्नेछ ।