ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा आज समुह ‘सी’ अन्तर्गत दुई खेल हुदैछ । पहिलो खेलमा रमपम झापा ११ र च्यासल युथ क्लब तथा दोस्रो खेलमा संकटा र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुरको सातादोबाटोस्थित एन्फा टेक्निटल सेन्टरमा हुने पहिलो खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । मोफसलको टोली झापा र काठमाडौंको टिम च्यासल पहिलो खेलमा जित हात पार्दै क्वार्टरफाईनलको यात्रा सहज बनाउन चाहन्छन् ।
सोही लक्ष्यकासाथ दोस्रो खेलमा संकटा र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह ४ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
समुह ‘ए’ र ‘डी’का खेलहरु सकिएपछि प्रतियागिताका ‘बी’ र ‘सी’का खेलहरु सुरु भएका हुन् । हिजो भएको समुह ‘बी’को खेलमा मोरङ फुटबल क्लबले पुलिसलाई हराएको थियो । अर्को खेलमा ब्रिगेट ब्वाईज र जावलाखेल युथ क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो ।