काठमाडौं। नीराजन धामी र सरोज तामाङले बुटवल लुम्बिनी एफसीबाटै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्कारण खेल्ने भएका छन्।
बुटवल लुम्बिनीले आइतबार २१ वर्षीय सेन्ट्रल फरवार्ड नीराजन र २५ वर्षीय राइट ब्याक सरोजलाई ‘बी’ क्याटगोरीबाट रिटेन गरेको जानकारी दिएको हो।
बुटवल लुम्बिनीले यसअघि राष्ट्रिय टोली मिडफिल्डर एरिक विष्टलाई ‘ए’ क्याटोगोरीबाट रिटेन गरिसकेको छ। उनी दोस्रो संस्करणमा टोलीका मार्की र कप्तान थिए।
यसपल्ट बुटवल लुम्बिनीले विंगर मनिष डाँगीलाई मार्की बनाएको छ। एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ।
यसपल्ट बुटवलसहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, एफसी चितवन र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन्।