काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी तथा साबिक उपविजेता धनगढी एफसीले कृतिशरत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरेको छ।
क्लबले आइतबार २१ वर्षीय युवा अट्याकिङ मिडफिल्डरलाई मार्की बनाएको जानकारी दिएको हो।
छुन्जुले पहिलो सिजन बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए। दोस्रो सिजन भने धनगढी पुगेका हुन्। धनगढी दुवै संस्करणको उपविजेता टोली हो।
पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग पराजित भएको थियो। अर्को संस्करणमा भने ललितपुर सिटीले हराउँदै उपाधि उचाल्यो।
तेस्रो संस्करणको अक्सन यही १० गते शनिबार हुँदैछ। यसपल्ट धनगढीसहित सात टोलीले प्रतिस्पर्धा गर्दैछ।