एजेन्सी । पाकिस्तानका कप्तान सर्फराज अहमेदलाई ४ खेलको प्रतिबन्ध लागेको छ । दक्षिण अफ्रिकी खेलाडीलाई रंगभेदी व्यवहार गरेको भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सर्फराजलाई ४ खेलको प्रतिबन्ध लगाएको हो ।
आईसीसीले सर्फराजले दक्षिण अफ्रीकाका अलराउण्डर एडिले लक्कीलाई रंगभेदीय व्यवहार गरेको जनाएको छ । घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटको दौरान सर्फराजले रंगभेदीय व्यवहार गरेका थिए ।
अब सर्फराजले पाँचौ एकदिवसीय र ३ खेलको टी-ट्वान्टी सिरिज गुमाउने छन् ।
पाकिस्तान अहिले दक्षिण अफ्रीकाको भ्रमणमा रहेको छ ।