काठमाडौं। नेपाली युवा टोली मैत्रीपूर्ण खेलमा चिनियाँ युनान प्रान्तीय टोलीसँग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल २–० ले पराजित भएको हो।
खेलको पहिलो हाफमै पाहुना टोलीले सुरूआती अग्रता लिएको लिएको थियोे। युनानका यु मोङ्घायुईले गोल गरे।
सुरूआतदेखि नै युयानले नेपाली टोलीमाथि दबाब दिएको थियोे। तर, अग्रता भने २१औं मिनेटमा अग्रता लियो। लि सुहानको क्रसमा मधङ्घायुईले गोल गरे।
७८औं मिनेटमा वाङ्ग बिनहानले अग्रता दोब्बर बनाए। उनले काउन्टर अट्याकमा गोल गरेका हुन्।
८८औं मिनेटमा विक्रम गौतमले डिबक्स एरिया बाहिरबाट प्रहार गरेको बललाई युनानका गोलकिपर लिइ झिबोले टप कर्नरबाट उत्कृष्ट बचाउ गरे।
त्यो नै नेपाली टोलीले खेल अवाधिभर प्रहार गरेको एकमात्रै उत्कृष्ट प्रहार थियोे।