काठमाडौं। पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
क्लबले शनिबार उनलाई नियुक्त गरेको जानकारी दिएको हो।
सुमनले पछिल्लो समय चर्च ब्वाइज युनाइटेड सम्हालिरहेका छन्।
उनकै प्रशिक्षणमा चर्च ब्वाइजले विभिन्न मोफसलका प्रतियोगिता खेलिरहेको छ।
नवीन न्यौपाने एफसी चितवनमा पुगेपछि पोखरा मुख्य प्रशिक्षविहीन थियो।
पोखरा गत सिजन क्वालिफायरसम्म पुगेको थियो।