काठमाडौं। आहा रारा पोखरा गोल्डकपको उपाधि पाहुना टोली ब्ल्याक बुल्स एफसीले जितेको छ।
पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा उज्बेकिस्तानको टोलीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको हो। ब्ल्याक बुल्सको यो पहिलो सहभागिता हो।
ब्ल्याक बुल्सलाई उपाधि दिलाउन जाखोन्गिर अखमादोभ, असिलबेक ओरिफजोनोभ र शभ्कतजोन सतोरोभले गोल गरे । पुलिसले भने उपहार गोल पाएको हो।
४०औं मिनेटमा अखमादोभको गोलमार्फत ब्ल्याक बुल्सले सुरूआती अग्रता लियो।
५८औं मिनेटमा ओरिफजोनोभले टोलीको अग्रता दोब्बर बनाए।
६६औं मिनेटमा गोलसतोरोभले अर्को गोल थपे। ७७औं मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल भयो। योसँग खेल ३-१ मा पुगेको थियोे।
तर, थप गोल निस्कन नसक्दा ब्ल्याक बुल्स पहिलो उपस्थितिमै उपाधि चुम्न सफल भयो।