काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा पौडेललाई बधाई दिएका हुन् ।
उनले अन्तराष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको उल्लेख गरेका छन् । रोहितले अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए।
घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई० विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउदै रोहितले उक्त कीर्तिमान बनाएका थिए । अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक पुरा गर्दा रोहित १६ बर्ष १४६ दिनका थिए ।
५५ बलमा अर्धशतक पुरा गरेका रोहितले युएईविरुद्ध ५५ रन बनाएर आउट भए । युवा ब्याट्सम्यान रोहितको अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा यो पहिलो अर्धशतक पनि हो ।
१५ वर्षको उमेरमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका रोहितले भारतीय लिजेण्ड सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमानलाई भंग गरेका हुन् ।
यसअघि सचिनले १६ बर्ष २१३ दिनको हुँदा एकदिवसीयमा अर्धशतक बनाएका थिए । यस्तै अफ्रिदीले १६ बर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए ।