काठमाडौं । मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलमा आज सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र आयोजक राष्ट्रिय जागृति क्लब सुनसरीबीच प्रतिष्पर्धा हुँदैछ ।
इटहरीको रंगशालामा हुने दोस्रो क्वाटरफाइनलको खेल दिउसो २ वजे सुरु हुनेछ ।
पल्सर सहिद स्मारक ए डिभिजन लिग विजेता मनाङ र आयोजक राष्ट्रिय जागृति क्लबबीचको खेल निकै प्रतिष्पर्धात्मक हुने अनुमान छ ।
आजको विजेताले नेपाल पुलिस र भुटानको सीएफसीसंग फाइनल प्रबेशका लागि १७ गते खेल्नेछ ।
हिजो भएको उद्घाटन खेलमा क्यामरुनको दाफिनान्स फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै मेचि नेत्रायल फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ ।
८ क्लब सम्मिलित प्रतियोगिताको विजेताले १६ लाख प्राप्त गर्नेछ भने उपविजेताले ८ लाख प्राप्त गर्नेछ ।