एजेन्सी । वेस्ट इन्डिजविरुद्वको पहिलो टेष्ट क्रिकेटमा ईङ्ल्याण्ड ३ सय ८१ ले पराजित भएको छ । पार्ट टाईमर अफ स्पिनर रोस्टन चेसले दोस्रो ईनिङ्सको खेलमा ८ विकेट लिएपछि पाहुना टोली ईङल्याड फराकिलो अन्तरले पराजित भएको हो ।
६ सय २८ रनको लक्ष्य पछ्याएको ईङ्ल्याण्ड २ सय ४६ रनमा अलआउट हुन पुग्यो ।
चेसले २२ ओभर बलिङ गर्दै ६० रन खर्चेर ८ विकेट लिएका थिए । रोरी बर्नले ८४ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन ।
पहिलो पालीमा वेस्ट ईन्डिजले २ स ८९ रन बनाएको थियो । किमार रोचले ५ विकेट झारेपछि पहिलो पालीमा ईङ्ल्याण्ड ७७ रनमा अलआउट भएको थियो ।
घरेलु टोलीले ६ विकेट गुमाएर ४ सय १५ रनमा दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । तर पाहुना टोली दोस्रो पालीमा समेत २ सय ४६ रनमा अलआउट हुन पुग्यो ।
वेस्ट इन्डिजको भ्रमणमा रहेको ईङ्ल्याण्ड तीन म्याचको टेष्ट सिरिजमा १–० ले पछाडी परेको छ ।