काठमाडौं। सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई पराजित गर्दै ब्ल्याक बुल्स एफसी उज्बेकिस्तान आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
कास्कीको पोखरा रंगशालामा मंगलबार सम्पन्न खेलमा ब्ल्याक बुल्सलाई ३–० ले पराजित गर्दै नर्थ युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो।
नर्थ युनाइटेडले अब फाइनल प्रवेश गर्न थ्री स्टारसँग खेल्ने छ। खेलको ३८औं मिनेटमै इस्लोमजोन अब्दुकोदिरोभले गोल गर्दै ब्ल्याक बुल्सलाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० ले अगाडी रहेको ब्ल्याक बुल्सले दोस्रो हाफमा दुई गोल थप्यो। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका साइदजमोल दाभलातजोनोभले गोल गर्दै अग्रता दोब्बर बनाए।
त्यसको दुई मिनेटपछि साभकातजोनले अर्को गोल गर्दै अग्रता ३–० मा पुर्याउँदै सानदार जित दिलाए।