काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी चितवन एफसीले नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्लबले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो।
एनएसएलको तेस्रो सिजन आगामी चैत्र १६ (मार्च २९) देखि सुरु हुँदैछ। चौधरी ग्रुपनिकट कम्पनी नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग स्वीकृति लिएर अगाडि बढाएको एनएसएलको पहिलो सिजन २०२१ अप्रिल २४ देखि मे १५ सम्म भएको थियो।
नवीनले यसअघि एनएसएलका दुई सिजन पोखरा थन्डर्स सम्हालेका थिए। पहिलो सिजन पोखरा लिग चरणबाटै बाहिरिइएका थियोे भने गत संस्करण दोस्रो क्वालिफायर खेल्यो। चितवन भने दुवै संस्करण लिग चरणबाटै बाहिरिइएको थियो।