काठमाडौं। संकटा फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा एफसी खुमलटारमाथि सहज जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शुक्रबार सम्पन्न खेलमा संकटा २–० ले विजयी भएको हो। जितसँगै संकटाले ११ खेलबाट २० अंक पुर्याएको छ। समान खेलबाट खुमलटारको तीन अंक छ।
संकटाको जितमा करण भूल र पेम्बा तामाङले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमै करणले संकटालाई सुरुआती अग्रता दिलाए।
निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा पेम्बाले गोल गर्दै संकटालाई २–० को जित दिलाए।