काठमाडौं। अरुण अधिकारीको चार गोलसँगै फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा एकपक्षीय जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबमाथि ७–० को जित हात पारेको हो।
जितसँगै फ्रेन्ड्सले ११ खेलबाट २० अंक पुर्याएको छ। पराजित सातदोबाटोको भने समान खेलबाट १२ अंक छ।
अरुणको एक र शुभराज मोक्तानको दुई गोलसँगै फ्रेन्ड्सले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो।
५३औं मिनेटमा अरुणले गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसको तीन मिनेटमै अरुणले नै अर्को गोल गरे। ६८औं मिनेटमा सञ्जीव गोलले गोल गर्दै फ्रेन्ड्सको अग्रता ६–० मा पुर्याए।
८१औं मिनेटमा अरुणले व्यक्तिगत चौथो र टोलीका लागि सातौं गोल गर्दै फ्रेन्ड्सलाई सानदार जित दिलाए।