काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले राजनीतिज्ञ र कलाकारबीचको मैत्रीपूर्ण खेल शुक्रबार हुने भएको छ।
खेल लैनचौरस्थित एनसेल मैदानमा दिउँसो २ बजे हुनेछ। उक्त खेलमा राजनीतिज्ञ समूहबाट प्रदीप ज्ञवाली, विश्वप्रकाश शर्मा, शक्ति बस्नेत, भानुभक्त ढकाल, देवेन्द्र दाहाल, मानवीर राई, महेश बस्नेत, राजीव पहारी, क्षीतिज थेबे, महेश बर्तौला, दीपशिखा, सुबोध श्रीपालि, सुहांग नेम्वाङ, कृष्णहरि केसी, पुष्प श्रेष्ठ,विनय साहा, फुर्वा लामा, नवीना लामा, रञ्जु राईलगायत छन्।
कलाकारबाट धिरेन शाक्य, बद्री पंगेनी, दिनेश डिसी, आकाश श्रेष्ठ, दिपाश्री निरौला, बल्छी धुर्बे, जितु नेपाल, माग्ने बूढा, बलेसहित मोडल र नयाँ कलाकार छन्। राजनीतिज्ञ दलको समूहबाट टिम क्याप्टेन क्षीतिज छन् भने कलाकारबाट पंगेनी छन्। राष्ट्रिय युवा संघले तेस्रो संस्करणको केपी ओली कपको प्रचारको निम्ति मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो।