काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा पाँचौं जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–२ ले पराजित गरेको हो। योसँगै मच्छिन्द्रले ११ खेलबाट १६ अंक पुर्याएको छ। समान खेल खेलेको हिमालयनको १० अंक छ।
सन्देश रोक्काले १३औं मिनेटमै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २१ र २६औं मिनेटमा अमिर तामाङले गोल गर्दै हिमालयनलाई खेलमा फर्काएन मात्रै अग्रतासमेत दिलाए।
दोस्रो हाफमा भने मच्छिन्द्र पुनरागमन गर्न सफल भयो। ५०औं मिनेटमा हिमाल थिङले गोल गरे। त्यसको ६ मिनेटमै सौगातकुमार बम्जोमले गोल गर्दै मच्छिन्द्रको जित पक्का गरे।