सुनसरी । काँकडभिट्टा फुटबल ट्रेनिंग सेन्टर झापा इटहरीमा शनिबारबाट शुरु भएको मदन भण्डारी स्मृती अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाहुना टोली डुफिन्स फुटबल क्लब क्यामरुनलाई टाईब्रेकरमा पराजित गर्दै काँकडभिट्टा अन्तिम चारमा प्रवेश गरेको हो ।
निर्धारीत समयमा दुवै तर्फबाट गोल नभएको निर्णय टाईब्रेकरबाट गरिएको थियो । पेनाल्टी सुट आउटमा काँकडभिट्टा टोली ४—३ ले बिजयी बन्यो ।
मेची नेत्रालय पछिल्लो समय संकटा क्लबमा देखिएका खेलाडी निराजन खड्का सहित मैदान उत्रिएको थियो । पेनाल्टीमा निराजनसंगै विकास राई, निरज बस्नेत र दिप कार्कीले गोल गरे ।
पाहुना टोलीका जो एन्गोला र अरमेल अहान्डा पेनाल्टीमा चुके । काँकड्भिट्टाका गोल किपर दिप कार्की म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा क्यामरुम र भुटानको गरी ८ टिमको सहभागिता छ । नेपालका विभागिय टोली पुलिस, आर्मी सँगै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, मेची नेत्रालय काकडभिट्टा फूटबल ट्रेनिगं सेन्टर र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहनेछ ।
गोल्डकपको बिजेताले १६ लाख पाउदा उपबिजेताले ८ लाख पाउने छ ।