काठमाडौं। च्याम्पियन्स ट्रफी २०२५ मा भारतीय म्याच अफिसियल नहुने भएका छन्। आइसिसीका प्रमुख म्याच रेफ्रीमध्ये एक जवागल श्रीनाथ र एलिट अम्पायर प्यानलका सदस्य नितिन मेननले पाकिस्तान जान अस्वीकार गरेका हुन्।
दुबईमा भारतका सबै खेल हुने भएकाले यी दुई न्यूट्रल म्याच अधिकारीको आवश्यकताका कारण स्वतः अयोग्य ठहरिएका छन्। भारतका पूर्व फास्ट बलर श्रीनाथ हाल भारत र इङ्ल्यान्डबीच चलिरहेको शृंखलामा म्याच रेफ्रीको भूमिकामा छन्। तर, आइसिसीको नियमअनुसार कुनै पनि प्रतियोगितामा न्यूट्रल अधिकारीको व्यवस्था अनिवार्य हुन्छ।
पाकिस्तान च्याम्पियन्स ट्रफीको औपचारिक आयोजक भए पनि हाइब्रिड मोडल अनुसार भारतका सबै खेल दुबईमा हुनेछन्। आगामी चक्रमा भारतमा आयोजना हुने सबै आइसिसीका प्रतियोगितामा पाकिस्तानका खेल पनि न्यूट्रल भेन्युमा आयोजना गरिनेछ।
अम्पायर अफ द इयर रिचर्ड इलिङवर्थ, रिचर्ड क्याटलब्रो, माइकल गफ, पाउल राइफल, क्रिस गाफ्नी र कुमार धर्मसेनाजस्ता प्रमुख अम्पायरहरू प्यानलमा रहेका छन्। प्यानलमा एकमात्र पाकिस्तानी अम्पायर एहसान रजा छन्।
म्याच अधिकारीहरूको सूची
अम्पायरहरू:
रिचर्ड इलिङवर्थ
रिचर्ड क्याटलब्रो
क्रिस गाफ्नी
कुमार धर्मसेना
माइकल गफ
एड्रियन होल्डस्टक
एहसान रजा
पाउल राइफल
शरफुदुल्ला
रोडनी टकर
एलेक्स व्हार्फ
जोएल विल्सन
म्याच रेफ्री:
डेभिड बुन
रञ्जन मदुगले
एन्ड्रयू पाइक्रफ्ट