काठमाडौं। चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा चर्च ब्वाइज संकटा क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो। योसँगै चर्च ब्वाइजले ११ खेलबाट २६ अंक पुर्याएको छ।
एक खेल कम खेलेको एपिएफ समान अंकसहित शीर्ष स्थानमा छ। तर, चर्च ब्वाइजभन्दा गोलअन्तरले एपिएफ अगाडी छ। संकटाले भने ११ खेलबाट १८ अंक पुर्याएको छ। संकटा चौथो स्थानमा यथावत् छ।