काठमाडौं। समीर राईको ह्याट्रिकसँगै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगको चौथो स्थानमा उक्लिएको छ।
पुलिसको लिगमा यो पाँचौं जित हो। जित निकाल्ने क्रममा पुलिसले प्रतियोगिताकै कमजोरी टोली त्रिभुवन आर्मी क्लबलाई ७–० ले पाखा लगाएको हो। जितसँगै पुलिसले ११ खेलबाट १७ अंक पुर्याएको छ। आर्मी भने अंक र जितविहीन छ।
पहिलो हाफमा रिजनराज गौतमले दुई र सुरज गुरुङले एक गोल गर्दै ३–० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा समीरले ह्याट्रिक पूरा गर्दा रोहन पोखरेल मगरले एक गोल थप्दै एकपक्षीय जित दिलाए।