टी–२० आईमा पूजाको दोस्रो अर्धशतक
बुधबार, माघ २३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। युवा ब्याटर पूजा महतोको अर्धशतसँगै नेपालले त्रिकोणात्मक महिला टी–२० आई शृंखलामा नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १४५ रन बनाएको हो।
पूजाले अविजित ६२ रनको योगदान गरिन्। उनले ५१ बलमा पाँच चौका प्रहार गरिन्। अन्तर्राष्ट्रिय ट्वान्टी २० मा पूजाको यो दोस्रो अर्धशतक हो। यसअघि पूजाले गत वर्ष एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको इनिङ्स खेलेकी थिइन्।
कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकासहित ३९ रनको योगदान गरिन्। रुविना क्षेत्रीले २० रन जोड्दा कविता जोशी सात रनमा अविजित रहिन्।
नेदरल्यान्ड्सका लागि आइरिस ज्वलिङले चार ओभरमा २५ रन खर्चिँदै सर्वाधिक दुई विकेट लिइन्।










-1762856022963.jpg&w=3840&q=75)




