काठमाडौं। घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सलाई चुनौती पेस गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यी दुईबीचको खेल १२:१५ बजे हुनेछ। नेदरल्यान्ड्ससँगको तेस्रो भेटमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसअघि नेदरल्यान्ड्ससँग नेपाल २० र १५ रननले पराजित भएको थियो।
नेदरल्यान्ड्ससँग बाहेक थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ। यता, नेदरल्यान्ड्स तेस्रो जित निकाल्दै उपाधि सम्भावना कायमै राख्न चाहन्छ।
नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग आठ विकेट र १७ रनको हार बेहोरेको थियो।