काठमाडौं। चेल्सीले मंगलबार फ्रेन्च क्लब सेन्ट-इटिएनका १९ वर्षीय मिडफिल्डर म्याथिस अमोगुको अनुबन्धलाई औपचारिक रुपमा पुष्टि गरेको छ।
१७ पटक शीर्ष श्रेणीको लिग खेलिसकेका अमोगुले स्टामफोर्ड ब्रिजमा आठ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्।
‘यस्तो ठूलो क्लब चेल्सीसँग अनुबन्ध हुन पाउनु मेरो लागि सम्मानको कुरा हो। चेल्सीले युवा खेलाडीहरूमा विश्वास गर्छ,’ अमोगुले भने।