काठमाडौं। हिमाल थिङको ह्याट्रिकसँगै मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा विभागीय टोली त्रिभुवन आर्मीमाथि एकपक्षीय जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मच्छिन्द्रले १०–० को फराकिलो जित निकालेको हो। जितसँगै मच्छिन्द्रले नौ खेलबाट १३ अंक पुर्याएको छ।
एक खेल बढी खेलेको आर्मी भने अंकविहीन छ। मच्छिन्द्रले खेलको पहिलो मिनेटमै हिमालको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। त्यसपछि हिमालले दुई गोल गर्दै ह्याट्रिक पूरा गर्दा प्रज्ञान राई, उपेन्द्र बोहरा र राहुलकुमार योञ्जनले एक/एक गोल गरे। योसँगै पहिलो हाफमै मच्छिन्द्रले ६–० को अग्रता लिएको थियो।
दोस्रो हाीमा सोहन थापा, सौगातकुमार बम्जोन र राहुलले एक/एक गोल थपे। एक गोल भने युगल भण्डारीले उपहार दिँदा मच्छिन्द्र १०–० ले विजयी भयो।