पोखरा। सहारा क्लब पोखराले यस वर्ष सनिश श्रेष्ठलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मान गर्ने भएको छ।
प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका हुन् । पुरस्कार राशि नगद ५० हजार ५५५ रुपैयाँ रहेको छ । उक्त पुरस्कारबापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले उपलब्ध गराउँदै गर्दै आएका छन् ।
तनहुँको पुर्कोटका सनिश विगत सात वर्षदेखि फुटबल खेलिरहेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनि एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।
सहारा क्लब पोखराको आयोजनामा २४औं संस्करणको आहारारा पोखरा गोल्डकप मंगलबारदेखि सुरु हुँदैछ । माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् ।