काठमाडौं। रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरलाई शनिबारको स्पेनिस लिग खेलमा लागेको चोटले मांसपेशीको समस्या भएको पुष्टि भएको छ।
रियलले आइतबार जारी गरेको विज्ञप्तिमा रुडिगरको दाहिने खुट्टाको बाइसेप्स फेमोरिसमा चोट लागेको बताएको हो। ३१ वर्षीय जर्मन खेलाडीलाई स्पान्योल १-० को हार बेहोरेको खेलमा १५औं मिनेटमा नै प्रतिस्थापन गर्नुपरेको थियो।
रियलले उनको पुनः आगमनको समयावधि उल्लेख नगरेको छैन। तर, स्पेनिस मिडियाले रुडिगरलाई दुईदेखि तीन हप्तासम्म मैदान बाहिर रहने अनुमान गरेका छन्।
रियलले बुधबार कोपा डेल रे क्वार्टरफाइनलमा लेगानेसको सामना गर्नेछ। शनिबार स्पेनिस लिगमा एट्लेटिको मड्रिडलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्नेछ भने फेब्रुअरी ११ मा च्याम्पियन्स लिग प्लेअफका लागि म्यानचेस्टर सिटीको भ्रमण गर्नेछ।
स्पेनिस लिगमा रियल एट्लेटिको मड्रिडभन्दा एक अंकले अगाडि छ। रियलको ४९ अंक छ भने एट्लेटिकोले ४८ अंक पुर्याएको छ।