काठमाडौं। फखर जमान अक्टोबर २०२४ मा हुने च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानको टोलीमा छनोट भएका छ। सन् २०२३ मा अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेलेका फहीम अशरफ पनि टोलीमा फर्किएका छन्।
टोलीमा खुशदिल शाह र साउद शकील पनि छन्। सोही टोलीले च्याम्पियन्स ट्रफीको तयारीका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्डसँगको एकदिवसीय त्रिकोणात्मक शृंखला पनि खेल्नेछ।
केप टाउन टेस्टको क्रममा टाउकोमा चोट लागेका कारण साइम अयुब अनुपलब्ध छन्। त्यतिबेला उनी ६ हप्ता बाहिर हुने घोषणा गरिएको थियो। तर, च्याम्पियन्स ट्रफीका लागि उनी समयमै निको हुने सम्भावना निकै कम रहेको छ। पिसिबीका अध्यक्ष मोहसिन नक्वीले अयुबलाई फर्कन कम्तिमा चार हप्ता लाग्ने पुष्टि गरेका छन्।
खराब फर्मका कारण अब्दुल्लाह शफिकले टोलीमा स्थान बनाउन सकेनन्। दक्षिण अफ्रिकाविरुद्ध भर्खरै सम्पन्न भएको एकदिवसीय शृंखलामा उनी हरेक खेलमा शून्य रनमा आउट हुने पहिलो खेलाडी बनेका थिए। यो शृंखला पाकिस्तानले ३–० ले जितेको थियो। यसको मतलब पाकिस्तान पूर्णतया फरक ओपनिङ जोडीसँग खेल्नेछ, जसमा फखर, बाबर आजम या साउद शकीलको जोडी हुनेछ। टेस्ट क्रिकेटमा बाबरको सफलतालाई ध्यानमा राख्दै पिसिबीले उनलाई ओपनिङका लागि उपयुक्त मानेको छ।
च्याम्पियन्स ट्रफीमा पाकिस्तानले आफ्नो पहिलो खेल फेब्रुअरी १९ मा न्युजिल्यान्डसँग कराँचीमा खेल्नुपर्नेछ। त्यसपछि भारतसँगको अर्को खेल खेल्न दुबई जानेछ। उसले आफ्नो समूहको अन्तिम खेल बंगलादेशसँग २७ फेब्रुअरीमा रावलपिण्डीमा खेल्ने छ।
पाकिस्तानी टोली
फखर जमान, बाबर आजम, कामरान गुलाम, साउद शकील, तय्यब ताहिर, फहीम अशरफ, मोहम्मद रिजवान (कप्तान र विकेटकिपर), खुशदिल शाह, सलमान आगा, उस्मान खान, अबरार अहमद, शाहीन शाह अफ्रिदी, मोहम्मद हसनैन, हरिस रौफ, नसीम शाह।