काठमाडौं। रोबिन रिज्केको अर्धकतकसँगै नेदरल्यान्ड्सले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपाललाई १५८ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पाहुना टोलीले चार विकेट गुमाउँदै १५७ रन बनाएको हो।
रिज्केले सर्वाधिक ५९ रन बनाइन्। ४८ बल खेलेकी उनले आठ चौका प्रहार गरिन्। स्टेर कालिस २९, हेदर सिगर्स २३ रनमा आउट हुँदा आइरिस ज्विलिङले अविजित ३१ रनको इनिङ्स खेले। उनले १३ बलमा पाँच चौका प्रहार गरेका हुन्।
नेपालका कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता रानामगरले समान एक विकेट लिइन्।