एजेन्सी । भारतले घरेलु टोली न्युजिल्याण्डविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकालेको छ । शनिबार भएको दोस्रो एकदिवसीयमा भारतले न्युजिल्याण्डलाई ९० रनले हराएको हो ।
भारतले दिएको ३२५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्ड ४० ओभर २ बलमा अलाउत हुँदै २३४ रनमा समेटियो । न्युजिल्याण्डका डग ब्रेसवेलले ५७ तथा टम लाथमले ३४ रन जोडे ।
भारतका कुलदीप यादवले ४ विकेट लिए । यस्तै युजभेन्द्र चाहल र भुवनेश्वर कुमारले २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पाहुना टोली भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२४ रन बनाएको थियो ।
ओपनर रोहित शर्माले सर्वाधिक ८७ रन बनाएको ईनिङ्स शिखर धवनले ६६ रन बनाए । कप्तान विराट कोहलीले ४३ रन बनाउदाँ आम्बाती रायडुले ४७ रन जोडे । महेन्द्र सिंह धोनी ४८ र केदार जादब २२ रनमा अविजित रहे ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र लकिस फर्गुशनले समान २/२ विकेट लिए ।
जितसंगै भारतले न्युजिल्याण्डविरुद्धको ५ खेलको सिरिजमा २ - ० को अग्रता बनाएको छ । पहिलो एकदिवसीय खेलमा भारत ८ विकेटले विजयी भएको थियो ।