काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ । नेपालले सातौं विकेटको रुपमा रोहित कुमार पौडेललाई ५५ रनमा गुमाएको छ ।
रोहित अर्धशतक पुरा गरेर आउट भए । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ५५ बलमा ५० रन पुरा गरेका थिए । उनले ६ चौका प्रहार गरे ।
युवा ब्याट्सम्यान रोहितको अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा यो पहिलो अर्धशतक हो ।
पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्दै सिरिज १-१ गर्न चाहन्छ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसंगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ ।