पूजाको घातक बलिङ, मलेसियाले दियो सामान्य लक्ष्य
शुक्रबार, माघ ११, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कप्तान पूजा महतोको घातक बलिङसँगै मलेसियाले आइसिसी महिला यु १९ विश्वकपअन्तर्गत प्लेअफमा नेपाललाई ४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
जोहोर क्रिकेट एकेडेमी ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनाएको हो।
मलेसियाकी नुरिमनले सर्वाधिक १५ रन बनाइन्। २३ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। उनीबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालकी पूजाले सर्वाधिक चार विकेट लिइन्। ३.५ ओभर बलिङ गरेकी उनले ९ रन खर्चिइन्। रचनाकुमारी चौधरीले तीन ओभर बलिङ गर्दै एक मेडनसहित पाँच रन खर्चिएर तीन विकेट लिइन्। कप्तान पूजा महतोले दुई र रिया शर्मा र सिमना केसीले समान एक विकेट लिइन्।












-1762856022963.jpg&w=3840&q=75)


