काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । नेपालले छैटौं विकेटको रुपमा आरिफ शेखलाई २९ रनमा गुमाएको छ ।
पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्दै सिरिज १-१ गर्न चाहन्छ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसंगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ ।