काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) आफैंले टोली बनाएर युथ कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
आइसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोटको तयारीस्वरुप क्यानले माघ १५ देखि २२ सम्म प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिताका खेलहरू भैरहवामा निमार्णाधिन एक्ट्राटेक ओभलमा खेलाइने क्यानले जनाएको छ।
क्यानका अनुसार प्रतियोगितामा नेपाल रेड, नेपाल ब्लू र नेपाल ग्रिनगरि तीन टोलीले सहभागिता जनाउने छन्। यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ।
विश्वकप एसिया छनोट आगामी अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुँदैछ। प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, ओमान, युएई र हङकङको सहभागिता रहनेछ। छनोटको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउनेछ।
अन्तिम ३६ मा परेका खेलाडी
अभिषेक तिवारी, दिलसाद अली, सोहेल कुँवर, नरेन भट्ट, सूर्यान्शु कोइराला, विपिनप्रसाद शर्मा ,रोशन विश्वकर्मा, सन्तोष यादव, दयानन्द मण्डल, अपराजित पौडेल, सिब्रिन श्रेष्ठ, राजेश बोहरा, नीरजकुमार यादव, अफ्रुदीन रेन, सौजनप्रसाद घिमिरे, दीपक सेरला, युवराज खत्री, आशिष लुहार, सचिन भट्ट, रुहुल हक, चन्दन राम, कृतिक कामत, प्रतीक पोखरेल, साहिल पटेल, रोहन साह, अरबिन घर्ती, रोहित चन्द, सुदीप अर्याल, दर्श सोनार, क्षितिज थापामगर, अमर मिश्र, भोपाल दंगाल, अशोक धामी, नितिस पटेल, आसिक रानामगर, नितेश कुमार