काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको सुपर फोरमा सुदूरपश्चिमलाई पराजित गरेको छ। बिहीबार भएको पहिलो खेलमा आर्मीले १४ रनको जित हात पारेको हो।
जितसँगै आर्मीले सुपर फोरमा दुई अंक जोडेको छ। आर्मीले दिएको १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो।
सुदूरपश्चिमका मनीषा बोहराले सर्वाधिक १८ रन बनाइन्। ३७ बल खेलेकी उनले एक चौका प्रहार गरिन्। कविता कुँव।र १६ र कप्तान बिन्दु रावल ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
आर्मीकी सुस्मिता भुषालले सर्वाधिक तीन विकेट लिइन्। सीता शाही र लक्ष्मी साउदको नाममा समान एक विकेट रह्यो।