काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा रनमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको छ ।
दिपेन्द्रलाई अस्फाक अहमदले १० रनमा आउट गरे । दिपेन्द्र आउट भएपछि क्रिजमा पवन सर्राफ आएका छन् ।
यसअघि नेपालले ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ४४ तथा विनोद भण्डारीलाई २१ रनमा गुमाएको थियो ।
नेपालले २२ ओभर सकिदा ३ विकेट गुमाएर ८५ रन जोडेको छ ।
पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्दै सिरिज १-१ गर्न चाहन्छ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसंगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ ।