काठमाडौं। १२ वर्षपछि विराट कोहली रणजी ट्रफी खेल्दै छन्। कोहलीले दिल्ली क्रिकेट एसोसिएनलाई जनवरी ३० र फेब्रुअरी २ को बीचमा हुने रेलवेविरुद्धको खेलको लागि आफू उपलब्ध रहेको बताए। दिल्ली रणजी टोलीका प्रशिक्षक शरणदीप सिंहले यसको पुष्टि गरेका छन्।
यद्यपि, कोहली २३ जनवरीबाट सौराष्ट्रविरुद्ध हुने रणजी खेलमा सहभागी हुने छैनन्। रविन्द्र जडेजा र ऋषभ पन्तले राजकोटमा हुने यो खेलका लागि आफ्नो उपलब्धता पुष्टि गरेका छन्।
न्युजिल्यान्ड र अस्ट्रेलियासँगको लज्जास्पद हारपछि बिसिसीआईले टोलीका प्रशिक्षक गौतम गम्भीर, टेस्ट तथा ओडिआई कप्तान रोहित शर्मा र मुख्य छनोटकर्ता अजित आगरकरसँग मिलेर सम्झौतामा रहेका खेलाडीले घरेलु क्रिकेट खेल्न अनिवार्य गर्ने निर्णय गरेको थियो। छनोट समितिको प्रमुखबाट पूर्व अनुमति लिएमा मात्र उनले घरेलु खेलबाट बाहिरिन सक्नेछन्।
यद्यपि, रणजी ट्रफीको फाइनल राउण्डको खेल इङ्ल्यान्डसँग जनवरी ६ मा एकदिवसीय शृंखला सुरु हुनुभन्दा तीन दिन अघि मात्र समाप्त हुन्छ र कोहली पनि भारतीय एकदिवसीय टोलीका सदस्य हुन्।