काठमाडौं। चेल्सीले इङ्लिस प्रिमियर लिगमा पाँच खेलको जितविहीन यात्रा अन्त्य गर्दै सोमबार वुल्भ्सलाई ३–१ ले पराजित गरेको छ। योसँगै चेल्सी न्युकासल र म्यानचेस्टर सिटीलाई उछिन्दै चौथो स्थानमा उक्लिएको छ।
२२ खेलबाट चेल्सीले ४० अंक पुर्याएको छ। समान खेल खेलेका न्युकासल र म्यानचेस्टर सिटीभन्दा चेल्सीभन्दा दुई अंकले पछि छन्। वुल्भ्स रेलिगेसन जोनभन्दा एक माथि १७ औं स्थानमा छ।
खेलको २४औं मिनेटमा रीस जेम्सको प्रहार डिफ्लेक्ट भएर आएको बललाई तोसिन अडाराबियोयोले ६ मिटर टाढाबाट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। यो तीन खेलमा उनको तेस्रो गोल हो।
वुल्भ्स पहिलो हाफको अधिकांश समय दबाबमा रह्यो। तर, स्टपेज टाइममा चेल्सीका गोलकिपर रोबर्ट सान्चेजको गल्तीको फाइदा उठाउँदै म्याट डोहर्टी बराबरी गोल गर्न सफल भए।
कर्नर किकको क्रममा सान्चेजले बल खसाल्दा म्याटले नजिकबाट बललाई जाली चुमाएका थिए। तर, ६०औं मिनेटमा मार्क कुकरेल्लाले दायाँतर्फबाट आएको क्रसलाई चेस्टिङ गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए। पाँच मिनेटपछि ट्रेभो चलोबाको हेडरलाई नोनी मडुकेले फिनिसिङ गरेपछि चेल्सले जित सुनिश्चित गर्यो।