काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले १३ ओभरमा ५० रन पुरा गरेको छ । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ५० रनको साझेदारी पुरा गरेका छन् । ज्ञानेन्द्र ३४ रनमा अविजित रहदा विनोद १७ रनमा अविजित रहेका छन् ।
नेपालले १३ ओभरमा बिना विकेटको क्षतिमा ५२ रन जोडेको छ ।
पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्दै सिरिज १-१ गर्न चाहन्छ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसंगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ ।