एजेन्सी । दोस्रो एकदिवसीय क्रिकेटमा भारतले न्युजिल्याण्ड सामु ३ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको पाहुना टोली भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय २४ रन बनायो ।
ओपनर रोहित शर्माले सर्वाधिक ८७ रन बनाएको ईनिङ्स शिखर धवनले ६६ रन बनाए । कप्तान विराट कोहलीले ४३ रन बनाउदाँ आम्बाती रायडुले ४७ रन जोडे । महेन्द्र सिंह धोनी ४८ र केदार जादब २२ रनमा अविजित रहे ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र लकिस फर्गुशनले समान २/२ विकेट लिए ।
न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले पाँच म्याचको एक दिवसीय सिरिज र तीन टी ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो एक दिवसीय खेलमा भारत ८ विकेटले विजयी भएको थियो ।