काठमाडौं। भारतले रोहित शर्माको कप्तानीमा आईसीसी च्याम्पियन्स ट्रफी खेल्ने भएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शनिबार मुम्बईको वानखेडे स्टेडियममा पत्रकार सम्मेलन बोलाएको छ। यही अन्तिम टोलीको घोषणा हुने छ।
कप्तान रोहित र पुरुष छनोट समितिका अध्यक्ष अजित आगरकरले मिडियालाई सम्बोधन गर्ने छन्। बीसीसीआईको यसअघि नै रोहितले यस च्याम्पियन्स ट्रफीमा टोलीको कमान्ड गर्ने जानकारी दिएको छ
अस्ट्रेलिया र न्युजिल्यान्डसँग भारतीय टोलीको पराजय र रोहितको खराब ब्याटिङ प्रदर्शनका कारण उनको भविष्यका बारेमा धेरै चर्चा भइरहेका थिए। तर, अब उनकै नेतृत्वमा मात्रै भारतीय टोलीले च्याम्पियन्स ट्रफीमा भाग लिने निर्णय भएको छ। यस पत्रकार सम्मेलनमा च्याम्पियन्स ट्रफीसँगै इङ्ल्यान्डविरुद्धको आगामी एकदिवसीय शृंखलाका लागि भारतीय टोलीको पनि घोषणा गरिने छ। यस प्रतियोगितामा पनि रोहित टिमको कमान्डमा देखिनेछन्।
यसअघि ११ जनवरीमा इङ्ल्यान्डविरुद्धको टी–२० सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको थियो। त्यो टोलीमा मोहम्मद शामी फर्किएका थिए। इङ्ल्यान्डविरुद्धको शृङ्खलामा शामीलाई पनि समावेश गर्ने अपेक्षा गरिएको छ। यद्यपि, जसप्रित बुमराह इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला र च्याम्पियन्स ट्रफीमा सहभागी हुनेछन् वा छैनन् भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन। यस विषयमा पत्रकार सम्मेलनपछि पूर्ण जानकारी आउने अपेक्षा गरिएको छ।