काठमाडौं। बार्सिलोनाका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सेनले पुनरागमन गर्ने भएका छन्। अगस्टदेखि एचिलिस चोटका कारण उनी मैदान बाहिर थिए। तर, उनी खेल्न तयार रहेको बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले शुक्रबार बताएका हुन्।
गत महिना दुई खेल हारपछि बार्सिलोना ला लिगामा तेस्रो स्थानमा झरेको थियो। तर, नयाँ वर्षको राम्रो सुरुआतलाई निरन्तरता दिने उनले बताएका छन्। घरेलु कपमा चार खेल जित्दै बार्सिलोनाले आइतबार स्पेनिस सुपर कपको उपाधि जितेको थियो
'हामीले पछिल्लो खेलमा एक कदम अघि बढेका छौं । म टोलीसँग धेरै खुशी छु। अब हामीसँग मात्र तीन खेलाडी चोटग्रस्त छन् र इनिगो (मार्टिनेज) लामो समयसम्म बाहिर रहँदैनन्। हामीसँग (मार्क) बर्नाल र (मार्क–अन्ड्रे) टेर स्टेगन पनि छन्। क्रिस्टेन्सेन फर्किएका छन् र यो राम्रो खबर हो,’उनले भने।
तर, क्लबमा १० वर्षको उमेरदेखि रहेका अन्सु फाटी अझै केही महिना मैदान बाहिर रहने भएका छन्।