काठमाडौं। राजकोटमा सौराष्ट्रविरुद्ध हुने रणजी ट्रफीका लागि दिल्लीको २२ सदस्यीय प्रारम्भिक टोलीमा स्टार ब्याट्सम्यान विराट कोहलीलाई समावेश गरिएको छ।
कोहलीले सिड्नीमा अस्ट्रेलियाविरुद्धको पाँचौं टेस्टका क्रममा आफ्नो घाँटीमा सामान्य चोट लागेको दिल्ली एन्ड डिस्ट्रिक्ट क्रिकेट एसोसिएसन (डीडीसीए) का उच्च अधिकारीलाई बताएका थिए।
उनलाई त्यहाँका फिजियोले उपचार गरेका थिए। उनले जनवरी २३ देखि सुरु हुने रणजी ट्रफी म्याच खेल्ने वा नखेल्ने भन्ने बारे कुनै स्पष्टता छैन। कोहलीले पछिल्लो पटक सन् २०१२ मा उत्तर प्रदेशविरुद्ध गाजियाबादमा रणजी ट्रफी खेलेका थिए। त्यसको एक वर्षपछि सचिन तेन्दुलकरले आफ्नो अन्तिम रणजी ट्रफी खेल हरियाणाविरुद्ध लाहलीमा खेलेका थिए।
विकेटकिपर ब्याट्सम्यान रिषभ पन्तले सात वर्षपछि रणजी म्याच खेल्दैछन्, यद्यपि उनले कप्तानी जिम्मेवारी लिन अस्वीकार गरेका छन्।