काठमाडौं। त्रिभुवन आर्मी क्लबका भीम सार्कीले जय ट्रफी इलिट कपमा पहिलो अर्धशतक प्रहार गरेका छन्।
नेपाल पुलिस क्लबसँगको फाइनल खेलमा बुधबार उनले आफ्नो अर्धशतक पूरा गरेका हुन्। यद्यपि, उनले आफ्नो इनिङ्सलाई लामो बनाउन सकेनन्। उनी ५८ रनमै क्याच भए।
उनले अर्धशतक पूरा गर्न ४१ बल खेले। त्यतिन्जेले उनले ५ चौका र तीन छक्का प्रहार गरेका थिए। आठ रन थप्दै उनी गुलशनकुमार झाको बलमा ललितनारायण राजवंशीबाट क्याच आउट हुन पुगे। कुल ५५ बल खेलेका उनले ६ चौका र तीन छक्का प्रहार गरे।