काठमाडौं। ब्याटिङमा जम्न नसक्दा नेपालले दोस्रो अभ्यास खेलमा अमेरिकासामु ५९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
आइसिसी यु–१९ महिला टी–२० विश्वकपको तयारीस्वरुप नेपालले अमेरिकासँग अभ्यास खेल खेलेको हो। तर, कुनै पनि ब्याटर जम्न नसक्दा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ५८ रन बनायो।
ओपनर साना प्रविणले बनाएको १२ रन नै सर्वाधिक रह्यो। उनले २५ बल खेलिन्। कप्तान पूजा महतो १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
अमेरिकाका ऋतु सिंह, सुहानी थाडानी, इशानी भाग्हेला, सान्भी इम्मादी र पूजा साहले समान एक विकेट लिए।