काठमाडौं। विना थापाको कप्तानीमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट खेल्ने भएको छ।
मंगलबारदेखि धनगढीमा हुने प्रतियोगिताको लागि कर्णालीले विनाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा विनासँगै रमा बूढाथोकी, अन्जु गुरुङ, बिमला बूढाथोकी, अञ्जिला थापा, श्रृति बूढा, गौरी बोहरा, दीक्क्षा पुरी, राक्शी खड्का, सिमना मल्ल, सिमण विष्ट, सोबिका साही, सविना चौधरी र सरिता विष्ट रेहका छन्।
मंगलबारदेखि सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला स्टेडियममा हुने प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली गरी नौ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसपटक त्रिभुवन आर्मीको महिला टिमले पनि खेल्दैछ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, एपीएफ र सुदूरपश्चिम प्रदेश छन्। अर्को समूहमा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब छन्।